कञ्चनपुरमा जलेको अवस्थामा शव भेटियो

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला परेको छ ।

बेलौरी नगरपालिका-१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान बेल्डाँडी गाउँपालिका-३ का ५० वर्षीय हरिकिसन रानाको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा मंगलबार बिहान पौने ७ बजेतिर रानाको शव भेटिएको जानकारी दिए ।

उनले राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको बताए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशी लगात प्रहरीको टोली घटनास्थल पुगेको छ । धनगढीबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी जोशीले बताए ।

Deep Jyoti Pustak psl
Loading...