धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

धनगढी : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

Dhangadhi_Tihar 2083

मंगलबार राति धनगढी उपमहानगरपालिका-१३ झलारी गाउँमा एयरपोर्टबाट राजपुरतर्फ आइरहेको से ६ प ७०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी-४ बस्ने २८ वर्षीय लक्ष्मण चौधरी र मोटरसाइकलमा सवार रतीराम चौधरी घाइते भएका छन् ।

मोटरसाइकल अनियन्त्रित भएर भएको दुर्घटनामा चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै जनाको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

Loading...