काठमाडौंबाट बझाङ अउँदै गरेको बस दुर्घटना

धनगढी : काठमाडौंबाट बझाङ अउँदै गरेको बस दुर्घटना भएको छ ।

आज (बिहीवार) बिहान साढे ६ बजेतिर काठमान्डौबाट बझाङ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३३८५ नम्बरको बस सडकबाट पल्टिदा दुर्घटनामा परेका इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

घोडाघोडी नगरपालि२ साडेपानीमा सोही दिसा तर्फ आउदै गरेको से १ त ४६४० नम्बरको ट्याक्टरसंग ठोकिएर बस सडकबाट केही मिटर तल पल्टिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उक्त बसमा सवार १३ जना घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Nabadurga Sunchadi
Loading...