अत्तरिया : कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो गोदावरी नगरपालिका-८ को खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेर स्याउलेका जनक थापामगरका १० वर्षीय छोरा प्रविनको मृत्यु भएको हो ।
नदीमा डुबेर घाइते भएका बालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
