अत्तरिया : कैलालीको अत्तरिया स्थित दिव्या रोजिन एण्ड टर्पेन्टाईन (खोटो कम्पनी)मा आज बिहान आगलागी भएको छ । आज (शनिबार) करिब बिहान १०ः०० बजेको समयमा कम्पनीमा रहेको खोटो संकलन ट्यांकीमा आगलागी भएको हो ।
उक्त आगलागी सोही कम्पनीका कर्मचारीहरुले तुरुन्तै नियन्त्रणमा ल्याएकाले ठुलो क्षती हुनबाट जोगिएको छ । कम्पनीका कर्मचारीहरुले काम गर्दै गर्दा खोटो संकलन ट्याङ्कीमा मोटरको लाइन चलाउने क्रममा एक्कासी तार शर्ट भएर आगो लागेको कम्पनीका स्टोर प्रमुख कर्मचारी विष्णु देवकोटाले बताए । उनले करिब १०\१५ मिनेट सम्म लागेको आगो कम्पनीका कर्मचारीहरुले नियन्त्रणमा ल्याइएको बताए ।
सबै कर्मचारीहरु नजिकै भएको कारणले ठुलो क्षति हुन बाट जोगिएको उनले बताए । खोटो प्रज्वलनशील पदार्थ भएकाले वरिपरि कम्पनीले पूर्व तयारीका साथ चारैतिर अग्नी नियन्त्रण सामाग्रीहरु (बालुवा, फायर सिलिन्डर) राख्ने गरेको कम्पनीका स्टोर प्रमुख देवकोटाले बताए ।
आगलागीको खबर पाएसंगै नियन्त्रणका लागि गोदावरी नगरपालिकाको दमकल पुगेको थियो भने ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट प्रहरीको टोलि पनि पुगेको थियो ।
