ट्राफिक प्रहरी कार्यालय अत्तरियाको प्रमुखमा शाही आउने

अत्तरिया : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) प्रेम बहादुर शाही आउने भएका छन्।

सोमबार प्रहरी प्रधान कार्यालयले गरेको ६३ एसपीको सरुवामा शाहीको अत्तरियामा सरुवा भएको हो । उनी यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरमा कार्यरत रहेका थिए । शाही यसअघि डिएसपी हुँदा इलाका प्रहरी कार्यालय मालाखेतीको पनि काण्डमा सम्हालेका थिए ।

यसअघि ट्राफिक प्रहरी कार्यालय अत्तरियाको प्रमुखमा राजीव बहादुर बस्नेत रहेका थिए । उनको कर्णाली प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन महाशाखा, सुर्खेत सरुवा भएको छ । यद्यपि उनी काजमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार काठमाण्डौंमा रहने छन् ।

Loading...