सेती अस्पतालको तेस्रो तलाबाट हाम फालेका गोदावरीका सिंहको मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालमा डायलासिस गराउदै आएका कैलालीको गोदावरी नगरपालिका-१ का ६३ वर्षीय चक्रबहादुर सिंहको मृत्यु भएको हो ।

मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेर घाइते भएका सिंहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् ।

एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हाम फालेको देखिएको अस्पतालले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...