डोटी : डोटीमा हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।
मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका नेगीलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
साथै हाईस सवार चालकसहित अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । डोटीको जोरायल गाउँपालिका-२ मेल खोला स्थित भिमदत्त राजमार्गमा धनगढीबाट बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ज ०५६७ नम्बरको ईभि हाईस आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई गएराति ११ः३० बजे दुर्घटना भएको थियो ।
