कञ्चनपुर : कञ्चनपुरमा एक युवक मृत फेला परेका छन । बुधबार बिहान लालझाडी गाउँपालिका-४, सिलकट्टी जाई शिविरका ३५ वर्षीय राम रेसर राना सडकछेउ मृत फेला परेका हुन ।
मंगलबार साँझ खाना खाएर साइकल लिएर घरबाट निस्किएका राना बुधबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृतक रानाको निधारमा चोट देखिएकाले हत्या भएको भन्दै परिवारले निष्पक्ष छानबिनको माग गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ ।