जिफन्ट सुदूरपश्चिमले मनायो चौकिडाँडाँमा अन्तराष्ट्रिय श्रमिक दिवस
जिफन्ट कृषि श्रमिक संघ कैलालीको नयाँ कार्यसमिति चयन
अत्तरिया : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिमले अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ । आज(बिहिबार) एक औपचारीक कार्यक्रमको आयोजना गर्दै जिफन्टले कैलालीको गोदावरी-३ चौकिडाँडाँमा १३६औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको हो ।
जिफन्ट राष्ट्रिय कमिटि सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिफन्टका सहकारी प्रर्वद्धन कमिटिका केन्द्रिय संयोजक तथा नवजिवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बम रहेका थिए ।
कार्यक्रममा जिफन्ट सुदूरपश्चिमका अध्यक्ष मल्लले जिफन्ट श्रमिकहरुका हकहितका लागि गठन गरिएको बताउदै उनले सबै श्रमिकहरुलाई संगठनमा आवद्ध हुन आग्रह गरे । जिफन्टले श्रमिकहरुका लागि विभिन्न कामहरु गर्दै आएको अध्यक्ष मल्लले बताए ।
कार्यक्रममा फापुन के.क.सचिब तथा जिफन्ट सुप.सहसचिव हिरा बिष्ट, फापुन के.क.सदस्य कर्ण बहादुर हमाल, ईटवान सुप.अध्यक्ष ललित चन्द, नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन सुप. अध्यक्ष दान बहादुर चन्द, नेकपा एमाले कैलाली लेखा कमिटी सदस्य बालकृष्ण भट्टराई निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडै लगायत विभिन्न श्रमिक संगठनमा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । जिफन्टका सुदूरपश्चिम प्रदेश सहसचिव हिरा बिष्टको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन जिफन्टका प्रदेश सचिव चन्द्र प्रकाश गैरेले गरेका थिए।
कार्यक्रममा एक जना मुटुरोगीलाई आर्थिक सहयोग
यस्तै कार्यक्रममा एक जना मुटुरोगीलाई आर्थिक सहयोग पनि गरिएको छ । जिफन्टले सञ्चालन गर्दै आएको ऐक्यवद्धता कोषमार्फत जिफन्टमा आवद्ध सदस्य युवराज चौधरीलाई २५ हजार रुपैया सहयोग गरिएको जिफन्टका प्रदेश अध्यक्ष मल्लले बताए । उनका अनुसार जिफन्टले हालसम्म सो कोषमार्फत २६६ सदस्यहरुलाई राहत प्रदान गरिसकेको छ ।
जिफन्ट कृषि श्रमिक संघ कैलालीको नयाँ कार्यसमिति चयन
जिफन्टले कृषि श्रमिक संघ कैलालीको नयाँ कार्यसमिति चयन गरेको छ । जिफन्टले नेहा साउँदको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष अम्बिका सिँह, सचिवमा बिष्णु बुढा र सहसचिवमा रेखा रोकाया रहेका छन । यस्तै सदस्यहरुमा दुर्गा थापा, लक्ष्मी बिष्ट, सुनिता कुँवर, विष्णु खड्का, हिक्मती खत्री, बसन्ती जोशी, दिपिका भट्टराई, तेज भण्डारी, करी साउँद, नन्दा टमटा, रिना महर, आशा सार्कि र संगीता कुँवर रहेका अध्यक्ष मल्लले बताए ।
आज(बिहिबार) श्रमिक दिवसकै अवसरमा आयोजित कार्यक्रममा नयाँ चयन गरिएको समितिको सपथ ग्रहण पनि गरिएको थियो ।