अत्तरिया : कैलालिको अत्तरियामा सञ्चालित आधारभुत कर्मकाण्ड प्रशिक्षण तालिम सम्पन्न भएको छ । अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालय र नेपाल ज्योतिष परिषद् कैलालीको आयोजनामा संचालित १५ दिने सो प्रशिक्षण तालिम आज (बिहिबार) एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथी सुदुरपस्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम रहेका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तालिमका सहभागीहरुलाइ प्रमाणपत्र पनि दिइएको थियो ।
यहि बैशाख ३ गतेदेखी सुरु भएको तालिम १५ दिनसम्म चलेको थियो । तालिममा कैलाली, कञ्चनपुर र डोटी जिल्लाका विभिन्न स्थानबाट आएका ३२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
सहभागी प्रशिक्षार्थीहरुलाई धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँमा रहेको निङ्गलाशैनी गुरुकुल आश्रमका प्राचार्य समेत रहेका पण्डित खगेन्द्र राज अवस्थीले प्रशिक्षण दिएका थिए ।
