अत्तरियामा खुल्यो सुविधा सम्पन्न ‘बिगबुल’ जिम क्लब

अत्तरिया : कैलालीको अत्तरियामा ठूलो लगानीमा सुविधा सम्पन्न बिगबुल फिटनेस सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका–२ अत्तरियाको लोटस गल्लिमा करिब ३ करोडको लगानिमा चार जनाले फिटनेस, जिम र जुम्बा सञ्चालनमा ल्याएका हुन् ।

राजु भट्टराई, राञ्जित लामा, मनोज पाण्डे र दिपक भट्टले सहकार्य गरेर उक्त फिटनेस सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय युवाहरु लागूऔषधमा फस्दै गएका र स्वास्थ्यमा विविध समस्याहरु देखा पर्ने अवस्था रहेका कारण अत्याधुनीक जिम हल सञ्चालनमा ल्याएको सञ्चालक राजु भट्टराईले बताए ।

त्यस्तै अर्का सञ्चालक एवम् फिटनेस प्रशिक्षक राञ्जित लामाले व्यवसायिक हिसाबले भन्दा पनि स्वास्थ्यलाई मध्यनजर गर्दै बिगबुल सञ्चालनमा ल्याइएको बताए । उनले आफ्नो स्वास्थ्य प्रति संवेदनशील हुने जोकोहीका लागि फिटनेस आवश्यक रहेको बताए । फिटनेस, जिम र जुम्बा पाइने सबै कुरा बिगबुलमा उपलब्ध रहेको उनले बताए ।

बिगबुल फिटनेसको आज एक कार्यक्रमका बिच वनदेवी मन्दिर गुलरियाका लोमस गिरी महाराजले उद्घाटन गरेका हुन् । फिटनेसका लागि प्रति व्यक्ति एक महिनामा दुई हजार रुपियाँ शुल्क तोकिएको छ । वैशाखमा आउने व्यक्तिलाई प्रवेश शुल्क नलिइने बताइएको छ ।

Loading...