बाजुराका १३ वर्षीय बालक कर्णाली नदीमा बेपत्ता

अत्तरिया : बाजुराका एक बालक कर्णाली नदीमा बेपत्ता भएका छन्।

जिल्लाको जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी सोही ठाँउस्थित कर्णाली नदीमा नुहाउने क्रममा मङ्गलवार दिउँसो बगेर बेपत्ता भएका हुन्।

सुविन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुड्डी बाजुराबाट खटिएको टोलीले उनको खोजतलास र घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

Deep Jyoti Pustak psl
Loading...