बैतडी : काफलको रुखबाट लडेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको पुर्चाैडी नगरपालिका-९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
बुधवार बिहानसाढे १० बजेतिर आमासँग स्थानीय जंगलमा काफल टिप्न गएकी उनको रुखबबाट लडेर घटनास्थलमै मृत्यु भएको आफ्नले बताएका छन् ।
उनी कक्षा ८ मा अध्ययनरत थिइन् ।