बाजुरा : बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको बुढीगंगा नगरपालिका-६ फालासैन स्थित साँफे-मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा सोही ठाउँ बस्ने ३८ वर्षीय नरेन्द्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।