गोदावरी नगरपालिकामा वडा भेला सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा वडा भेला सुरु भएको छ । आगामि आर्थिक बर्ष २०८२/०८३ का लागि बार्षिक निति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने उद्देश्य अनुरुप बिहीबारबाट वडाभेला सुरु गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैशाख मसान्त सम्म बस्ती तथा टोल स्तरबाट र त्यसपछि वडाहरुबाट आयोजना र कार्यक्रमको छनौट गर्नुपर्ने प्रावधान अनुसार गोदावरीमा पनि वडा भेला सुरु गरिएको छ ।

यहि बैशाख २४ गतेदेखी २८ गते सम्म गोदावरीका १२ ओटै वडाहरुका बस्ती तथा टोल भेला सञ्चालन गरिएको थियो । जेठ १ गतेबाट ६ गते सम्म वडाभेला सञ्चालन भईरहेको छ । वडाहरुले कार्यतालिका बनाएर चोक,टोल र बस्तीमा भेलाको आयोजना गरेको थियो ।

टोलबाट योजना छनोट भएपछि वडा तथा शाखास्तरीय योजना प्राथमिकीकरण गर्ने गरिन्छ । योजना प्राथमिकरण पछि बजेट तथा कार्यक्रम तर्जुमा समितिद्वारा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा तयार गरिन्छ । एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरेपछि नगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्नुपर्ने प्रावधान रहेको छ ।

बिहिवार नगरपालिकाको वडा नम्बर १ बाट वडा भेला सुरु गरिएको छ भने सोहि दिन वडा नम्बर २ को वडा भेला पनि सम्पन्न गरिएको छ । त्यस्तै दोस्रो दिन शुक्रबार वडा नम्बर ३ र ४ को वडाभेला सम्पन्न गरिएको छ । शनिबार वडा नम्बर ५ र ६ को वडाभेला आयोजना गरिएको छ । यसरी क्रमशः १२ ओटै वडाको वडाभेला गरिने भएको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...