अत्तरिया : कैलालीको अत्तरिया स्थित सुदूरपश्चिम माध्यमिक बिद्यालयमा युवायुवती लक्षित लागू औषध दुव्र्यसन न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजा गरिएको छ ।
सुदूरदृष्टि मिडिया प्रालिको आयोजना रहेको कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर २ को सहयोग तथा ईप्रका मालाखेतीको सहकार्यमा लागू औषध दुव्र्यसन न्युनिकरण सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

वडा नम्बर २ स्थित सुप माविमा सञ्चालन गरिएको कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ७० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ईप्रका मालाखेती अत्तरियाका प्रहरी निरिक्षक ईन्द्रराज भट्टले लागू औषध दुव्र्यसन सम्बन्धी जानकारी गराएका थिए ।
सुदूर दृष्टि मिडियाका सम्पादक धुर्ब ओझाले लागू औषध दुव्र्यसन भयावह बन्दै गएकोले युवाहरूलाई समयमै सचेत पार्न कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रहरी प्रशासनसँगको सहकार्यले यस्तो किसिमको जनचेतनामूलक अभियान अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
