डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटामा बुधवार बिहान आएको हावाहुरीसँगै रुख ढल्दा एक महिलाको ज्यान गएको छ ।
घरमाथिबाट सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको घटनास्थलमै ज्यान गएको छ भने उनकी सासू राधा कामी गम्भीर घाइते भएकी छन् ।
स्थानीयले बिहान करिब ६ बजेतिरको समयमा घटना भएको बताएका छन्। घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राधा कामीको कम्मर र टाउकोमा चोट लागेको छ ।
मृतक रविना कामीका एक छोरा र एक छोरी छन्। प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।