अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-४ स्थित हाटखोलीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-४ का प्रकाश ढोलीका ८ वर्षीय छोरा कृस नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दका अनुसार आज तालमा पौडी खेलीरहेका बेला नेपालीको पानिमा डुबेर मृत्यु भएको हो । मृतक नेपाली गोदावरी-४ स्थित मामाघरमा अध्ययनको लागि बस्दै आएका डिएसपी चन्दले जानकारी दिएका छन् ।
उक्त घटना भएलगत्तै स्थानियले प्रहरीलाई खबर गरेपछि गोदावरी ८ स्याउले स्थित प्रहरी बिटबाट प्रहरी नायव निरिक्षक प्रेम सिंह भाटको नेतृत्वमा तीन जना र ईप्रका मालाखेतीबाट प्रहरी निरिक्षक दान सिंह भण्डारीको नेतृत्वमा एसओसिओ सहित ५ जनाको प्रहरी टोलि खटिएको डिएसपी चन्दले बताएका छन् ।
