बाजुरामा टेलिकमकाे जिप दुर्घटना, तीन जनाकाे मृत्यु

बाजुरा : बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे जगन्नाथ गाउँपालिका-२ काँडाकाेटमा टेलिकमकाे बा ५ च २२०९ नम्बरकाे जिप दुर्घटना भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, बाजुराले दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे बताएकाे छ । दुई जना घाईते छन । उनीहरूकाे पहिचान भएकाे छैन ।

११ जनाकाे प्रहरी टाेली घटना स्थलमा पुगेकाे छ । दुर्घटनामा मृत्यु भएकाहरूकाे पहिचानका लागि समेत प्रहरीलाई समस्या भएकाे छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।

Loading...