कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका-२ बाणी स्थित ४ नम्बर गल्ली नजिक भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको से २ त २५३ नम्बरको ट्याक्टर र बिपरित दिशा तर्फ जादै गरेको से ३ प ४९७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-२ बाणी शिबिर बस्ने २३ वर्षीय आशिक रानाको मुत्यु भएको छ ।

ठोक्किएर गम्भिर घाईते भएका रानालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाएकोमा बुधवार राति ९ बजे नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने १७ वर्षीय बिक्रम चौधरी घाइते भएका छन्। चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टर र ट्याक्टर चालक कृष्णपुर नगरपालिका-४ बेलकुण्डी बस्ने ४५ वर्षीय तेजबहादुर डगौरालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Loading...