गोदावरीमा रोकिराखेको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते

अत्तरिया : कैलालीमा रोकिराखेको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका-४ बसन्तपुर चोकमा आज दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सु.प.प्र.०१०१२ प ९५४७ नम्बरको मोटरसाइकलले र रोकिराखेको सु.प.प्र. ०१०१३ प ४४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका छन् । त्यस्तै स्कुटर चालक गोदावरी-४ का ३७ वर्षीय राम बहादुर चौधरी सामान्य घाइते भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

मोटरसाइकलमा सवार दुवै जनाको परिचय खुल्न नसकेको प्रहरीले बताएको छ । दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् । घाइतेहरुको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...