अत्तरिया : कैलालीको अत्तरियामा निर्माण गरिएको बाल उद्यानको उद्घाटन गरिएको छ । गोदावरी नगरपालिका-१ पृथ्वीनगरटोमा रहेको शिव मन्दिर प्राङ्गणमा निर्माण गरिएको बाल उद्यानको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
आज (शनिबार) एक कार्यक्रमका विच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छन् । उद्यानको उद्घाटन गर्दै उनले मन्दिरमा बालबालिका खेल्न पाउने भएकाले यसले मन्दिरको पनि राम्रो देखिने बताए । उनले मन्दिर निर्माणले यस क्षेत्रको जग्गा अतिक्रमण हुन बाट पनि जोखिएको बताउदै मन्दिर परिसरमा नगरपालिकाले पोखरी निर्माण गर्ने बताएका छन् ।
उद्यान प्रदेश सरकारको ५ लाखको लागतमा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्म राज भट्टले बताए । यस्तै पार्क तथा मन्दिर घेरबारका लागि ७५ हजार विनियोजन गरिएको थियो । पार्कका लागि ३४ टिप्पर ग्राभेल र फिल्ड सम्याउन नगरपालिकाको कार्यालयले सहयोग गरेको अध्यक्ष भट्टले बताएका छन् ।