गोदावरी-१ मा रहेको शिव मन्दिरको दोस्रो साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ पृथ्वीनगरमा रहेको शिव मन्दिरको दोस्रो साधारण सभा सम्पन्न भएको छ । आज (शनिबार) एक कार्यक्रमका विच साधारण सभा सम्पन्न भएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्ट उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधी, पृथ्वीनगर आमा समूह लगायतको उपस्थिती रहेको थियो ।

सभामा नगर प्रमुख भट्टलाई पृथ्वीनगर आमा समूहले १५ किलोको मालाले सम्मान गरेको थियो । आजै मन्दिर व्यवस्थापन समितिको नयाँ कार्यसमिति पनि चयन हुने जनाइएको छ ।

Loading...