कैलालीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु

धनगढी : घरमा आगलागी हुँदा कैलालीका एक जनाको मृत्यु भएको छ ।

सोमवार बिहान २ बजे गौरीगंगा नगरपालिका-१० जवलपुरमा रहेको एक घरमा आगलागी हुँदा ७६ वर्षीय कुक्रु डगौरा थारुको जलेर घटनास्थलमा नै मृत्यु भएको हो ।

काठ र खरले छाएको २ तले घरको माथिल्लो तलामा आगलागी हुदा माथिल्लो तलामा सुतेका कुक्र डगौराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए ।

आगलागी करिब एक घण्टापछि इलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण भने खुलेको छैन । घटना बारे थप अनुसन्धान भैईरहेको प्रहरीले जनाइएको छ ।

Nabadurga Sunchadi
Loading...