कैलालीको गोदावरीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको उद्धघाटन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको उद्धघाटन गरिको छ । आज (बिहिबार) एक कार्यक्रमका बिच नेपाल सरकारका उप-प्रधानमन्त्री एवम शहरी विकास मन्त्री प्रकाश मान सिंहले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अब यो ठूलो परियोजना निर्माण सम्पन्न भएको र यसलाई संचालन गर्ने मुख्य जिम्मेवारी गोदावरी नगरपालिकाको रहने बताए । उनले ठूलो लगानी भएको अब यसको सदुपयोग गर्नुपर्ने उल्लेख गरे ।

Dhangadhi_Tihar 2083

शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा संचालित उद्घाटन कार्यक्रमा एसियाली विकास बैङ्कका प्रतिनिधि, गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, एवम् जनप्रतिनिधिहरु, शहरी विकास मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

एसियाली विकास बैंकको ऋण लगानीमा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत भ्याटसहित ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँको लागतमा चौकीडाँडा सामुदायिक वन क्षेत्रमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेकोे हो । चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको हो ।

२०७९ असोजमा निर्माण सम्झौता भएको फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण सक्नुपर्ने अवधि गत असोजसम्म थियो । निर्माण कम्पनीले ठेक्का अवधीमै काम सम्पन्न गरेको थियो । केन्द्रमा साढे दुई किलोमिटर पहुँच मार्गको निर्माण गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन गर्नेछ भने त्यसपछि नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

Loading...