सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा पत्रकार जोशी सम्मानित

धनगढी : सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल-भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव समारोहमा पत्रकार पुष्पराज जोशी सम्मानित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा रहेर डोटेली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पत्रकार जोशीलाई नगदसहित पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको हो ।

पत्रकार जोशीसँगै साहित्यकार तथा संस्कृतिविद् एमव् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, डा. विश्वगुरु गौरीशंकराचार्यजी महाराज, सामाजिक सचेतनामा योगदान पु¥याएको भन्दै कानुन अधिकृत तथा लेखक दानबहादुर सुनार र डोटेली भाषाका प्रथम समाचारवाचक ओमप्रकाश जोशीलाई सम्मानित गरिएको हो । कार्यक्रममा प्रा.डा. रामचन्द्र पोखरेल (पोखरा), प्रा. माधव वियोगी (पोखरा), प्रा.डा. निर्मलमणि अधिकारी (काठमाडौं), प्रा.डा.देवी नेपाल (काठमाडौं), डा. पिताम्बर अवस्थी (पिथौरागढ), प्रा. डा. भीम खतिवडा (धरान), महेश बराल (पिथौरागढ), हेमा जोशी परु (खटिमा भारत) लाई पनि सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा.टीएन जोशीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री कमलबहादुर शाह रहेका थिए । कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावल, सामाजिक विकास मन्त्री मेघराज खड्का, श्री १००८ विश्वगुरु गौरीशंकराचार्य जी महाराज, प्रा.डा. रामचन्द्र पोखरेल, प्रा.डा. देवी नेपाल, प्रा.डा. भीम खतिवडा, डेउडा गायक नन्दकृष्ण जोशी, प्रा.डा. निर्मलमणि अधिकारी, प्रा.डा. जनार्दन आचार्य, साहित्यकार प्रा. माधव वियोगी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ महानन्द ढकाल, साहित्यकार किरण आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ कृष्णराज सर्वाहारी, साहित्यकार जि.के. पोखरेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल तथा भारतका कवि तथा साहित्यकारले कविता वाचन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...