गोदावरी-११ मा उद्घोषण तालिम आयोजना

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-११ मा उद्घोषण कार्यक्रम आयोजना गरिएको छ । शुक्रवार वडा कार्यालयको आर्थिक सहयोगमा अत्तरिया मिडिया प्रालिले तालिमको आयोजना गरेको हो ।

अत्तरिया मिडिया प्रालिका सञ्चालक राज कुमार साउँदको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका-११ का वडाध्यक्ष प्रेम सिंह बडैला प्रमुख अतिथि रहेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष बडैलालले वडा भित्र रहेका शिक्षक, विद्यार्थीले उद्घोषण कला सिकुन् भनेर तालिम आयोजना गरिएको बताए । उनले उद्घोषण तालिमले व्यक्तिगत क्षमता विकास सँगै व्यवसायीक उद्घोषण पनि गर्न सकिने बताए ।

तालिममा पत्रकार तथा उद्घोषक धुर्ब ओझा र शारदा फुलाराले प्रशिक्षण दिएका थिए । तालिममा शिक्षक, विद्यार्थी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Loading...