गोदावरी-१० मा ट्राफिक नियम र फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रम आयोजना

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० मा रहेको जानकी माध्यमिक विद्यालयमा ट्राफिक नियम र फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

शुक्रबार क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरिया र फोहोरमैला व्यवस्थापन समिति गोदावरीको आयोजनामा विद्यालयमा सो कार्यक्रम आयोजना गरिएको हो ।

वडा कार्यालयसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमले विद्यार्थीहरुमा ट्राफिक नियम तथा फोहोरमैलाको व्यवस्थापन सम्बन्धी सचेतना जगाउने कार्य गर्ने विश्वास लिएको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले बताए ।

उनले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई ट्राफिक नियम कानुनहरु तथा फोहोरमैलाको व्यवस्थापनका विषयमा प्रशिक्षण दिईएको बताए । शुक्रबारका दिनमा विद्यालयहरुमा यस्ता किसिमका बाहिरी ज्ञान सिपका कार्यक्रमहरु आयोजना गरिनुपर्ने उनको भनाई छ ।

Loading...