अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आज आगामी आथिर्क वर्ष २०८२/८३ को निति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको छ ।
नगरपालिकाले १४औं नगर सभामा निति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। उक्त कार्यक्रम नगरपालिकाले आज बिहान १० बजे गोदावरी-२ तेघरी स्थित पार्टनर रिसोर्टमा आयोजना गरेको छ ।
नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, स्थानीय सरोकारवालाहरूको उपस्थिति रहनेछ । नयाँ नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा स्थानीय विकासमा केन्द्रित योजना ल्याइने बताइएको छ।
नगरसभा सम्पन्न भएपछि पूर्णपाठ सार्वजनिक गरिने र त्यसपछि बजेट प्रस्तुत गरिने नगरपालिकाले जनाएको छ ।