गोदावरी नगरपालिकाले ल्यायो आगामि आर्थिक बर्षका लागि १ अर्व १८ करोड बराबरको बजेट

अत्तरिया : कैलालिको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व १८ करोड बराबरको बजेट ल्याएको छ । नगरपालिकाको १५औ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्व १८ करोड ५४ लाख ५६ हजार बराबरको अनुमानित बजेट ल्याएको हो ।

शुक्रवार आयोजित नगर अधिवेशनमा नगर प्रमुख बिरेन्द्र भट्टले नगरको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । जसमा संघिय सरकार बाट आउने बित्तीय समानिकरण तर्फको बजेट १९ करोड ८० लाख, राजस्व बाडफाडबाट १८ करोड ५९ लाख, समपुरक अनुदानतर्फ १ करोड ९३ लाख, विशेष अनुदान तर्फ ४ करोड ९ लाख, ससर्त अनुदान तर्फ ४१ करोड ७२ लाख रहेको उनले बताए ।

यस्तै प्रदेश सरकार बाट आउने बित्तीय समानिकरण तर्फको बजेट १ करोड ८७ लाख, राजस्व बाडफाडबाट ५९ लाख १ हजार, समपुरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, सशर्त अनुदानतर्फ ३ करोड ५२ लाख, राजस्व बाडफाडतर्फकै घरजग्गा रजिस्ट्रेशनबाट ६ करोड ८५ लाख रहेको नगरप्रमुख भट्टले बताए ।

त्यसबाहेक नगरको आन्तरिक श्रोतबाट १५ करोड ९ लाख ५५ हजार, बिग्यापन करबाट ३ लाख, बन रोयल्टिबाट ६ लाख र बैंक मौज्दातमा ३ करोड ५० लाख रहने अनुमान गरिएको बताइएको छ ।

यसैबिच नगरप्रमुख भट्टले नगरको अनुमानित खर्च बिवरण पनि प्रस्तुत गरेका थिए । जसमा नगरका विभिन्न शाखाहरुका लागि आवश्यक पर्ने अनुमानित बजेट छुट्याइएको छ । नगरको अनुमानित बजेटको ६९ प्रतिशत चालू तर्फ र ३१ प्रतिशत पुँजिगत तफ्र बिनियोजन गरिएको छ ।

Loading...