धनगढी : कैलालीको धनगढीदेखी पोखरा रुटका लागि भिआइपी स्तरिय सोफा एसी बस सेवा सञ्चालनमा आएको छ । बुधबारबाट सुन्दर सुदुरपश्चिम यातायात प्रालीले उक्त एसी बस सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त सेवाको कैलालीका प्रमुख जिल्ला अधिकारी ई. गोगन बहादुर हमालले उदघाटन गरेका छन । उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी हमालले धनगढी-पोखरा रुटमा संचालन हुने बसको निरन्तरताको शुभकामना दिए । यातायात संचालनले सुदुरपश्चिमलाई अन्य प्रदेशसंग समेत जोड्ने भएकोले यसले धार्मिक, साँस्कृतिक र पर्यटनलाई समेत टेवा पु¥याउने हमालले बताए । उनले अहिले बर्षाको समय भएकाले त्यतातिर समेत ध्यान दिएर सवारी साधन संचालन गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै कैलाली जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बाल नरसिंह राणाले सवारी संचालनका क्रममा नियमको परिधिमा रहि सेवाग्राहीलाई सेवा दिन आग्रह गरे । नेपाल यातायात ब्यवसायी राष्ट्रीय महासंघका सुदुरपश्चिम प्रदेश संयोजक टेकराज जोशीले यात्रुहरुको पहिलो रोजाईमा रहेको यस यातायात प्रालीले संचालनमा ल्याएको भिआइपी सोफा एसी बसले यातायात सेवालाई झन दिगो बनाउने बिश्वास लिएको बताए ।
अहिलेको खस्कदो आर्थिक मन्दिमा पनि करौडौ रकम खर्चेर स्तरीय भिआइपी सोफा एसी बस संचालनमा ल्याउन हिम्मत गर्ने ब्यबसायीहरुको ब्यबसायीक सफलताको शुभकामना दिदै कैलाली उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले यो बस सेवाले पर्यटको क्षेत्रले ठुलो टेवा पु-याउने बताए ।
प्रालीका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका-४ का अध्यक्ष बुद्धि बहादुर खड्का, यातायात ब्यबसायी तथा मजदुर संगठनका प्रमुख तथा प्रतिनिधिले शुभकामना ब्यक्त गरेका थिए । धनगढी बसपार्कबाट दिउसो १२ बजे पोखराका लागि बस छुट्ने छ भने पोखराबाट धनगढीका लागि पोखरा बसपार्कबाट दिउसो १२ः३० बजे बस छुट्ने प्रालिका महासचि सुरेन्द्र बोहराले बताए ।