गोदावरी नदीमा महिलाको शव भेटियो

अत्तरिया : कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला परेको छ । गोदावरी नगरपालिका-२ मा गोदावरी नदी किनारामा बेवारिसे महिलाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको बताए । उनले महिलाको शरीरमा धेरै चोटपटक पनि नभएकाले नजिकैबाट नदीमा बगेर मृत्यु हुन सक्ने बताए ।

अहिले प्रहरीले घटनास्थलमा मुचुल्का लिइरहेको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...