कैलालीमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

अत्तरिया : कैलालीमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन।

Dhangadhi_Tihar 2083

जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट १७ ग्राम चार सय ६० मिलिग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ परेका हुन्। भारतको लखिमपुरको चन्दनचौकीका २३ वर्षीय अन्सु गुप्तालाई प्रहरीले शनिवार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...