अत्तरिया : बझाङमा लागुऔषधसहित २ जना पक्राउ परेका छन।
जिल्लाको जयपृथ्वी नगरपालिका–१० चैनपुरका २४ वर्षीय सन्दीप बोहरा र सुर्मा गाउँपालिका–२ का २८ वर्षीय सागर बोहरालाइ प्रहरीले पक्राउ गरेको हो। प्रहरीले दुबैजनालाई कोठामा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
सन्दीपको कोठाबाट एक सय ग्राम लागुऔषध बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, बझाङले घटनामा थप अनुसन्धान गरिरहेको छ।