टीकापुरमा उपचार गर्न अस्पताल गएकी वृद्धा मृत फेला

अत्तरिया : कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि आएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको टीकापुर नगरपालिका–१ जमराटोलकी ८८ वर्षीया हिरादेवी धामी मृत फेला परेकी हुन्। धामी टीकापुर अस्पतालको दक्षिण पूर्वी कुनामा मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ।

प्रहरी र आफन्तले खोजतलास गर्ने क्रममा वृद्धा आइतवार बिहान १० बजेतिर मृत अवस्थामा भेटिएकी हुन्। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीले मृत अवस्थामा भेटिएकी वृद्धाको शरीरमा बाह्य चोटपटक नदेखिएको बताए।

वृद्धाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमै राखिएको छ। वृद्धा शनिवार दिउँसो बुहारीसँगै उपचारका लागि भन्दै घर नजिकैको टीकापुर अस्पताल पुगेकी थिइन्।

Loading...