गायक सुरेन्द्र बोहराको ‘हारमोनि हारै ले’ देउडा गीत सार्वजनिक

अत्तरिया : गायक सुरेन्द्र बोहरा र गायिका रेखा जोशीको सुमधुर स्वरमा सजिएको नयाँ देउडा गीत ‘हारमोनि हारै ले’ सार्वजनिक भएको छ।

डोटेली देउडा सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएका सुरेन्द्र बोहराले यस गीतमार्फत फेरि एकपटक श्रोताको मन जित्ने प्रयास गरेका छन्। गीतमा लय तथा शब्द माधब बिष्टको रहेको छ, जसले डोटेली देउडा सांगीतिक स्वादमा मौलिकता र मिठास थपेको छ।

देउडा संस्कृति झल्काउने यो गीतले सुदूरपश्चिम क्षेत्रको मौलिक लोकशैलीलाई जोगाउँदै नयाँ पुस्तामा पनि आकर्षण जगाउने अपेक्षा गरिएको छ। केहि दिन अगाडी मात्रै युट्युबमार्फत सार्वजनिक भएको उक्त गीत श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्दैछ।

गायक सुरेन्द्र बोहराले यसअघि पनि थुप्रै देउडा गीतहरूमा आफ्नो आवाज दिसकेका छन्। केहि दिनभित्रै अर्को नयाँ देउडा गीत ल्याउने तयारी रहेको  बोहराले बताएका छन ।

गीत सुन्नका लागी

Deep Jyoti Pustak psl
Loading...