सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप, मनोनयन दर्ताको काम स्थगित

कैलाली : सुदूरपश्चिम विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

गत चैत ५ गते तोकिएको समयमा स्ववियु निर्वाचन नभएपछि सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गतेका लागि निर्वाचन तोकिएको छ । मंगलबार मनोनयन दर्ताको समयमा दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि मनोनयन दर्ताको काम स्थगित भएको छ ।

नेविसंघ र अखिल क्रान्तिकारीबीचको झडपलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

Dhn_Laingik Hinsa 2082
Loading...