बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीकी ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिएका छन।

चौधरीका अनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जिप टुनीगडामा दुर्घटना भएको हो। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आउँदै गरेका यात्रुहरू बोकेको उक्त जिपमा क्षमताभन्दा बढी यात्रु चढेका कारण कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

जिपमा सवारमध्ये १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिए।

Loading...