अत्तरिया : युवा नेता तथा समाजसेवी बालकृष्ण भट्टराईले अभिनय गरेको पहिलो लोकदोहोरी म्युजिक भिडियो सार्वजनिक भएको छ । भट्टराईद्धारा अभिनित ‘दिलमै बसिदेउ’ बोलको नयाँ लोकदोहरी गित टिका सानुको युट्युब च्यानलबाट आज सार्वजनिक भएको हो ।
करन साउदको शब्द र सुर्य विसिको लय रहेको गितमा धिरज ताम्राकार र शान्तिश्री परियारको स्वर रहेको छ । उक्त गितको भिडियोमा भट्टराईसंगै मनिसा बोहरा, राजन भण्डारी र रितु रोकायाको अभिनय रहेको छ ।
भिम थापाले निर्देशन गरेको म्युजिक भिडियो कञ्चनपुरको सुन्दर अनि रमणीय शिव लिङ्गा धाम र बेदकोट ताल क्षेत्रमा छायाँकन गरिएको हो ।
नेकपा एमाले कैलाली जिल्ला लेखा कमिटी सदस्य समेत रहेका युवा नेता भट्टराई राजनिति संगसंगै अब म्युजिक भिडियोमा पनि देखिन थालेका छन् । म्युजिक भिडियोमा पहिलो प्रयास भएकाले सबैले हेरेर साथ सहयोग गरिदिन भट्टराईले अनुरोध गरेका छन् ।
हेर्नुहोस् भिडियो