धनगढीमा खैरो हेरोइनसहित चौधरी पक्राउ

अत्तरिया : कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका ६ जालीबाट सोही ठाउँ बस्ने ४३ वर्षीय मागु राम चौधरी पक्राउ परेका छन्।

चौधरीलाई २४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...