कैलालीको टीकापुरबाट पसल सञ्चालक सहित १० जुवाडे पक्राउ

अत्तरिया : कैलालीको टीकापुरबाट १० जना जुवाडे पक्राउ परेका छन्।

टीकापुर नगरपालिका २ बन्दिपुर स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय किसिम चौधरीको पसलमा जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक किसिम चौधरीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई नगद ६७ हजार ५९० र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

Deep Jyoti Pustak psl
Loading...