कैलालीमा लागूऔषध मुद्दामा फरार एक जना पक्राउ

अत्तरिया : कैलालीको धनगढीका लागूऔषध मुद्दामा फरार एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ५ वर्ष कैद सजाय र ६ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २२ वर्षीय जितराम राना पक्राउ परेका हुन्।

रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...