बैतडीका नाका आजदेखी ३ दिनसम्म बन्द

बैतडी : भारतसँग जोडिएका बैतडीका नाका ३ दिनसम्म बन्द हुने भएका छन ।

भारतको उत्तराखण्ड प्रदेशमा भइरहेको पञ्चायत निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर आज (शुक्रबार) साँझ ७ बजेदेखि साउन १२ गते नाका बन्द रहने भएका हुन। मतदान प्रक्रिया सम्पन्न नहुँदा सम्म सीमा नाका बन्द रहने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

उनले भारतीय पक्षले पञ्चायतस्तरको चुनावी सुरक्षाका लागि नाका बन्द गर्न पत्राचार गरेको बताए । केही दिन पहिला भारतको पिथौरागढमा सम्पन्न भएको सीमा सुरक्षा समन्वय बैठकमा पनि चुनावको समयमा नाका बन्द गर्ने सहमति भएकाले सोही अनुसार नाका बन्द हुन लागेको उनको भनाई छ ।

Loading...