कृषि फर्म भित्र रहेको पानीपोखरीमा डुबेर बालकको मृत्यु

अत्तरिया : कैलालीको गौरीगंगामा कृषि फर्म भित्र रहेको पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका– ९ शंकरपुरस्थित बुद्धिराज एग्रो कृषि फर्ममा रहेको पानी पोखरीमा डुबेर शुक्रबार तिन वर्षिय बालक कुशल खनालको मृत्यु भएको हो । स्थानिय बुद्धिराज खनालले सञ्चालन गरेको उक्त फर्ममा उनिसँगै उनका भाई दिल्लीराज खनाल बस्दै आएका थिए ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार सँगै बस्दै आएका दिल्लीराज खनालका छोरा कुशल फर्मको पानीपोखरीमा डुबेर बेहोस भएका थिए । डुबेर बेहोस भएका कुशललाई उपचारको लागि सेती प्रादेशीक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...