गोदावरी नगरपालिकामा साउन ११ गते स्थानीय बिदा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले साउन ११ गते स्थानीय बिदा दिने निर्णय गरेको छ।

यहि साउन ३ गते बसेको नगर कार्यपालिकाको बैठकले राना थारु समुदायका महिलाहरूले श्रावण शुक्ल तृतीयाका दिन मनाउने तिज पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो।

यस निर्णयअनुसार गोदावरी नगरपालिकाको कार्यालय, मातहतका सबै सरकारी निकायहरू (अत्यावश्यक सेवा बाहेक) तथा शिक्षण संस्थाहरूमा रहनेछ। प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिदारीद्वारा हस्ताक्षरित सूचनामा यस बिदा सम्बन्धी जानकारी सबै सरोकारवाला कार्यालय तथा व्यक्तिहरूलाई गराइएको छ।

तिज पर्व राना थारु समुदायमा विशेष महत्व राख्ने पर्व हो, जसमा महिलाहरूले सामूहिक रूपमा संस्कृति र परम्परा अनुसार उत्सव मनाउने गर्छन्। यही परम्पराको सम्मान गर्दै गोदावरी नगरपालिकाले स्थानीय बिदा दिएको जनाएको छ

Loading...