कैलारीको सामरचौराबाट अपाची मोटरसाइकल चोरी

अत्तरिया : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–९ मा मोटरसाइकल चोरी भएको छ।

गएराति कैलारी गाउँपालिका वडा नम्बर–९ सामरचौराबाट वसन्त चौधरीको रातो कलरको अपाची मोटरसाइकल चोरी भएको हो।

सुदूरपश्चिम प्रदेश ०१००९ प ९३२३ नम्बरको बाइक गोठमा राखिएको बेला चोरी भएको चौधरीले बताए।

मोटरसाइकल चोरी भएको बिषयमा इलाका प्रहरी कार्यालय हसुलियामा खोजीकार्यका लागि निबेदन दर्ता गरेको र कसैले देखेको भएमा ९८१२६४२५८८ नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन्।

Loading...