प्रधानमन्त्री ओली कैलाली आउने, जल विद्युत् आयोजनाको उद्घाटन गर्ने

अत्तरिया : प्रधानमन्त्री केपी शर्मा ओली कैलाली आउने भएका छन्।

प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउन लागेका नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दले बताए। उनी जल विद्युत् आयोजनाको उद्घाटनका लागि कैलाली आउन लागेका हुन्।

कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्न ओली कैलाली आउन लागेका चन्दले बताए।

बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्घाटन गर्ने छन्।

Loading...