टीकापुरबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ

अत्तरिया : कैलालीको टीकापुरबाट छलीका सामानसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–७ जितु कटेज स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६ लाख ३४ हजार पाँच सय बराबरको साडी, कुर्ता सुरवाल, कटन सर्ट र से १ ह २३१६ नम्बरको पेट्रोल अटोसहित अटो चालक टीकापुर नगरपालिका–१ बस्ने ४४ वर्षीय धिरेन्द्र चन्द पक्राउ परेका छन्।

चन्दलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान, अटोसहित उनलाई भन्सार कार्यालय सत्तिमा बुझाएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...