पार्किङ शुल्कका विषयमा विवाद हुँदा कैलालीको धनगढी विमानस्थलमा कुटाकुट

अत्तरिया : कैलालीको धनगढी विमानस्थलमा कुटाकुट भएको छ ।

विमानस्थल प्रहरीले दिएको जानकारीअनुसार सवारीको पार्किङ शुल्कका विषयमा विवाद हुँदा कुटाकुट भएको हो । कुटाकुटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियोमा प्रहरीको बाक्लो उपस्थिति रहेकै अवस्थामा एक युवकमाथि तीनचार जना युवकले कुटपिट गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले पार्किङ शुल्कको विषयमा सामान्य विवाद मात्रै भएको बताए ।

Deep Jyoti Pustak psl
Loading...